पाल्पामा चार उद्यमी सम्मानित



पोखरा

कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी रहनुभएको छ ।

तानसेन युवा परिषद्ले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उत्कृष्ट चार उद्यमीलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने उद्यमीलाई तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले सम्मानपत्र हस्तान्तरण गर्नुभयो । सम्मानित उद्यमी विष्णुप्रसाद भण्डारी र दुर्गाबहादुर खाँणले आफूहरुले व्यवसाय शुरु गर्दा अप्ठ्यारो अवस्था छिचोल्दै अहिले स्वरोजगार बन्न सफल बनेको बताउनुभयो ।

मेहनत र परिश्रम गरेर स्वदेशमा स्वरोजगार सिर्जना गर्न सकिने भन्दै उहाँहरूले त्यसका लागि पेशा व्यवसायमा निरन्तरता आवश्यक रहने बताउनुभयो । नगरपालिका प्रमुख शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भूमिका उल्लेखनीय रहेकोले युवाले अब आर्थिक क्रान्ति गर्न उद्यमी बन्न आवश्यक रहेको औँल्याउनुभयो ।

बेरोजगार युवा विस्तारै उद्यमशील हुनुपर्ने र त्यसका लागि तानसेन नगरपालिको सहयोग गर्न तयार रहेको प्रमुख शाहीको भनाइ थियो । तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले उद्यमी युवालाई सम्मान गर्दा समाजमा उद्यम व्यवसायमा युवाको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रोत्साहन बन्ने बताउनुभयो ।

ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा० पाल्पाका लीला कार्कीले नगरपालिका क्षेत्रभित्रका युवालाई स्वरोजगार बनाउन राज्यले सहुलियत कर्जा प्रवाह गरेकाले सोहीअनुसार सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । दायित्व नेपालका डा पुकार मल्लले युवा उद्यमी बने मात्र समृद्ध नेपालको सपना पूरा हुने बताउनुभयो ।

नगरपालिकाले स्वरोजगार बनाउन रु एक करोडसम्म बिनाधितो कर्जा प्रवाह गर्न नेपाल बैंक पाल्पासँग सम्झौता गरी काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja