चुनढुङ्गा उत्खनन क्षेत्रमा वृक्षरोपण



पोखरा

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ । खानी प्रभावित क्षेत्रमा बिग्रने वातावारणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।

भूगर्भ सिमेन्ट प्रालिले यहाँको चुनढुङ्गा कपिलवस्तुको चन्द्रौटामा लगेर भूगर्भ सिमेन्ट उत्पादन गर्दै आएको छ । चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा रहेको सामुदायिक वनमा वातावरणीय सन्तुलन कायम गर्न भूगर्भ सिमेन्टले वृक्षरोपण गरेको हो ।

चुनढुङ्गा उत्खननले वातावरणीय क्षेत्रमा पार्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले त्यहाँ रहेको सामुदायिक वनमा वृक्षरोपण गरिएको भूगर्भ सिमेन्टका सञ्चालक इन्द्र बानियाँले बताउनुभयो ।

सो वनमा दाल चिनी, पैँयु, सल्ला, लाकुरी लगायतका झण्डै एक हजार बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुल्कबहादुर थापाले बताउनुभयो । खानी प्रभावित क्षेत्रमा वातावरणलाई सन्तुलन कायम गर्दै स्थानीयवासीसँग हातेमालो गरेर ढुङ्गा उत्खनन गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताउनुभयो । उहाँले खानी उत्खननबाट आएको रोयल्टी स्थानीय क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणमा खर्च गर्नुपर्ने उल्लेख गर्दै भूगर्भ सिमेन्ट प्रालिले रोजगारीमा पनि स्थानीयवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

चुनढुङ्गा उत्खननले खाँचीकोटमा बढी प्रभाव पार्ने भएकाले यस क्षेत्रमा गरिने कामको गुणस्तरीय र पारदर्शी हुनुपर्ने सन्धिखर्क–७ का वडाध्यक्ष प्रितम थापाको भनाइ छ । उहाँले खानी उत्खनन गर्दा वडा समिति र स्थानीयवासीसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja