तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा



पोखरा

तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

उक्त बिस्फोटमा अरु ७० जनाभन्दा बढी घाइते भएका थिए । आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ । राष्ट्रपतिको कार्यालयका संचार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको छ ।

“शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” वक्तव्यमा लेखिएको छ । राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रुपमा प्रधानमन्त्री कास्सीम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी दिनु भएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ ।

शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएका छन् । अन्य केही संचार माध्यमले पनि मृत्यु हुनेको संख्या ६४ पुगेको लेखेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja