अमेरिकामा १२२ मेक्सिकन पक्राउ



पोखरा

अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ ।

उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ । मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिनुभएको थियो । तर बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराउनुभएको हो ।

अमेरिकामा बुधबारमात्र वैधानिक कागज बिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो । ती मध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन् । विदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरु उपलब्ध गराइएको जानकारी पनि दिनुभएको छ ।

अमेरिकाका खाद्यान्न केन्द्रहरुमा कार्यरत मेक्सिकन नागरिकहरुमध्ये अमेरिकाले पहिलो पटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उहाँले बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ । ती पक्राउ परेकाहरु अमेरिकामा विना कागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ । तर उनीहरुसँग के कति कागजात छन् भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन । पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja