१०० नम्बरको फोनले प्रहरीलाई सास्ती



पोखरा

जिल्ला प्रहरी कार्यालय डोटीमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ । उक्त नंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्रहरीले सास्ती व्यहोर्नु परेको छ ।

घटना दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्री नम्बर १०० मा घटना दुर्घटनासम्बन्धी गलत सूचना दिने, गाली गर्ने तथा महिला प्रहरीलाई जिस्काउन थालेपछि हैरानी खेप्नु परिरहेको छ । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दैनिक २०० को हाराहारीमा फोन आउँछ । “गलत सूचना आएपछि पुष्टि नहुँदा हैरानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो, “सही सूचना दिनुको सट्टा झुट्टा खबर टिपाउँदा प्रहरीलाई पुष्टि गर्नै समस्या हुने गरेको छ ।”

‘ब्लफ कल’ आउन थालेपछि प्रहरीलाई फोन उठाउन असजिलो हुने गरेको महिला प्रहरी कुसुम कार्की बताउनुहुन्छ । “मध्यरातमा फोन आउँछ, सिधै अश्लील कुरा गर्छन्”, उहाँले भन्नुभयो । गाली गर्नेमा पुरुष र महिला दुवै रहेका छन् । प्रायःजसोले एनसेल सिमकार्ड प्रयोग गर्ने गरेका छन् । प्रहरी उपरीक्षक विद्यानन्द माझी अनावश्यक सूचना दिने तथा फोन गर्नेलाई पक्राउ गरी कारवाही नगर्दासम्म समस्या समाधान नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मुद्दा नचलाएसम्म हुँदैन ।”

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja