भेनेजुएलाले वार्ता टोली नपठाउने



पोखरा

भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ ।

भेनेजुएला सरकारले अर्काे चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो ।

भेनेजुएला सरकार र त्यहाँका विपक्षीहरुकाबीचको वार्ता बिहीबार र शुक्रबारका लागि तय भएको थियो । उक्त वार्ताका लागि आफूहरुले प्रतिनिधि नपठाउने निर्णय गरिएको भेनेजुएलाका सरकारी अधिकारीले जनाएका छन् ।

भेनेजुएलाको सरकारका वार्ता टोलीका प्रमुख जर्ज रोड्रिगुजले दिएको जानकारी अनुसार अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको विरोधस्वरुप भेनेजुएला सरकारले सो वार्ता टोलीमा प्रतिनिधि नपठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बुधबार साँझ प्रकाशन भएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले नै सो निर्णय गर्नु भएको उक्त विज्ञप्तिमा जानकारी दिइएको हो । भेनेजुएलामा जारी राजनीतिक विवादको अन्त्यको पहलस्वरुप यहाँको सरकार र विपक्षी दलले गएको मे महिनादेखि वार्ता थालेका हुन् । मे महिनामा पहिलो वार्ता नर्वेको राजधानी ओश्लोमा भएको थियो ।

अर्काे चरणको वार्ता बारबारडोसमा बिहीबार र शुक्रबार हुन लागेको थियो । तर सरकारले नै प्रतिनिधि नपठाएपछि सो वार्ता स्थगित हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja