प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना



पोखरा

जाजरकोट जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ ।

दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो ।

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारणबीच सम्बन्ध सुमधुर हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमालाई बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो । आजै आठ जना आमाले स्तनपान कक्षमा गएर सुविधाजनक तरिकाले स्तनपान गराएका छन् । यो सिको अन्य कार्यालयले पनि गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja