ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प



पोखरा

ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ ।

बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति बन्द भएको थियो । केही क्षेत्रको रेलसेवा पनि अबरुद्ध भएको थियो । ताइवानमा लेकिमा नामको आँधी पनि नजिकै आइपुगेको मौसम विज्ञान विभागले जनाएको छ ।

गत अप्रिलमा ताइवानको पूर्वी हुवालिनलाई केन्द्र बनाएर ६.१ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सन् १९९९ मा आएको ७.६ म्याग्नीच्यूडको भूकम्पबाट करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दुईवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा भूकम्प बारम्बार आइरहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja