सुर्खेतमा ‘बालिका बचाउ अभियान’ शुरु



पोखरा

गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो ।

गैरसरकारी संस्था भिएसओ/आइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिनेछ । अभियानका संयोजक सजना सुनारले दैलेखका विभिन्न समुदाय र विद्यालयमा अभियान प्रभावकारी भएपछि सुर्खेतमा पनि शुरु गरिएको जानकारी दिनुभयो । अभियानबाट बालिकाले कानूनी ज्ञान हासिल गर्नुका साथै आत्मबल बढ्ने हुँदा यौनजन्य हिंसामा कमी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

संयोजक सुनारका अनुसार वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ बाट अभियान शुरु भइसकेको छ । “आवश्यकताका आधारमा अन्य स्थानमा पनि अभियान सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक र बालिकालाई अभियानमा प्रत्यक्ष सहभागी गराइएको छ, मुख्य उद्देश्य त बालिकाहरुको आत्मबल बढाई यौनजन्य हिंसाविरुद्ध प्रतिकारमा उर्तानु नै हो ।”

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja