माइक्रोको ठक्करबाट बालकको मृत्यु



पोखरा

पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् ।

काठमाडौँबाट पोखरा जाँदै गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भयो ।

प्रहरीले माइक्रो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja