काबुलमा विस्फोट कम्तीमा ९५ व्यक्ति घाइते



पोखरा

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ । पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनको प्रवेशद्धारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताउनु भएको छ ।

यस आक्रमण्मा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन् । यसमा पनि महिला र बालबालिकाको सङ्ख्या बढी रहेको जनाइएको छ । ती सबैलाई उपचारको लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताउनु भएको छ ।

आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नु पसलमा रहेको भmया्लका सिसाहरु सवै फुटेर सवैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले एएफपी समाचार समितिलाई बताएका् छन् । सो विस्फोट गराइएको एक किलोमिटरपर सम्मका करिब २० ओटा पसलहरु विस्फोटबाट प्रभावित भएको जनाइएको छ ।

यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ । अफगानिस्तानमा जरी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म १ हजार ५०० भन्दा बढी सर्वासधारण घाइते भएका संयुक्त राष्ट्र संघले हालै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja