पोखराकी होटेल सञ्चालक पक्राउ



पोखरा

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उहाँले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखिएको हुँदा प्रहरीले उहाँलाई मगलबार पक्राउ गरिएको हो । तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो ।

‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसुर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि ममतालाई आज आन्तरिक राजस्व कार्यालय, पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja