प्रदेश नं ३ : सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने



पोखरा

प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।

यसअघि प्रदेश सरकारले आफ्ना सम्पूर्ण प्रकाशनहरु मुद्रण विभाग काठमाडौँबाट प्रकाशन गर्दै आएको थियो । नीति तथा कार्यक्रम, बजेटलगायत सरकारलाई आवश्यक सबै प्रकाशन काठमाडौँबाटै छाप्नुपर्ने बाध्यता भोग्दै आए पनि अब भने हेटौँडाबाट नै छपाइको काम गरिने जनाइएको छ ।

देश सरकारको रातो किताबसमेत यहीँबाट प्रकाशन हुनेछ । जसका लागि आवश्यक उपकरण हेटौँडामा ल्याइसकिएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयोे । सरकारका प्रकाशन छाप्नका लागि ल्याइएको मेशिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको उहाँले बताउनुभयो । उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja