सरकारको कदम ‘कार्यकारी शक्तिको दुरूपयोग’ : गान्धी



पोखरा

भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताउनुभएको छ ।

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ । उहाँले सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेता गान्धीले सरकारले लिएको पछिल्लो कदमले आतङ्कवादलाई प्रश्रय दिएको भन्नुभएको छ । गान्धीले भन्नुभएको छ, ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ ।’

सरकारी निर्णयको प्राय सवै कङ्ग्रेस नेताले विरोध गर्नुभएको छ । उहाँहरूले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिलाई विना कुनै कारण पक्राउ गर्नु केन्द्र सरकारको गैरजिम्मेवारीपन भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja