किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति



पोखरा

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिनुभएको थियो । सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो ।

समितिका सभापति शशी श्रेष्ठको सभापतित्वमा भएको बैठकमा सांसदहरु खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, यशोदा गुरुङ, पम्फा भुसाललगायतले विधेयकका व्यवस्था सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja