सम्बन्ध विच्छेदका मुद्दा बढ्दो



पोखरा

रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ ।

वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६३१ सम्बन्ध विच्छेदको मुद्दा परेकामध्ये ५०२ मुद्दा फछ्र्यौट भएको छ भने १२९ अझै बाँकी रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७२७ मुद्दा परेकामा ४९२ फछ्र्यौट भएको छ भने २३५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार नेत्र भुसालले जानकारी दिनुभयो । अधिकांश मुद्दा २० देखि ३० वर्ष उमेर समूहका भएको बताइएको छ । यस्तै रुपन्देहीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा पनि बढेको छ ।

आव २०७४/७५ मा ८२ मुद्दा जबर्जस्ती करणीसम्बन्धी अदालतमा दर्ता भएकामा ५६ मुद्दा फछ्र्यौट भएको छ भने २६ मुद्दा बाँकी रहेको छ । त्यस्तै आव २०७५/७६ मा १२० मुद्दा परेकामा ६० मुद्दा फछ्र्यौट भएको छ ।

त्यस्तै ६० मुद्दा बाँकी रहेको स्रेस्तेदार भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja