भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश



पोखरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो । अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई राखेको छ ।

राष्ट्रपति ट्रम्पको आदेशबाट भेनेजुएला सरकारको अमेरिकामा रहेको सबै प्रकारका सम्पत्ति प्रभावित हुनेछ । आदेशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु कुनै काममा लगाउन नपाइने उल्लेख छ ।

राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न यसै वर्षको शुरुमा मुख्य विपक्षी नेता हुँवा गुएइदो आफैंले आफूलाई राष्ट्रपति घोषणा गर्नुभएको थियो । तर सेनाको बलियो समर्थन पाउनु भएका राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्ने गुएइदो र अमेरिका समेतका केही मुलुकको प्रयास सफल हुन सकेन । राष्ट्रपति मदुरोलाई रुस र चीनजस्ता मुलुकको समर्थन रहेको छ भने गुएइदोलाई अमेरिका र युरोपेली मुलुकका केही देशको समर्थन छ ।

अमेरिका र युरोप समेतका मुलुकका साथै देशभित्रै बढेको विरोधका कारण हाल राष्ट्रपति मदुरो र विपक्षी गुएइदोबीच उपयुक्त राजनीतिक समाधान खोज्न वार्ताहरु भइरहेका छन् । यी वार्ताहरु नर्वे र बार्बाडोसमा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja