जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो : भारतका गृह मन्त्री शाह



पोखरा

भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गर्नु भएको छ ।

स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उहाँले सोमबार बताउनु भएको हो । उहाँले विगतमा जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मीर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, “यो धाराका कारणले बरु बेफाइदा धेरै भएको छ ।”

गृहमन्त्री शाहले थप्नुभयो, “यही धाराका कारणले त्यो क्षेत्र पछाडी परेको, पिडामा परेको, आतङ्कवादको शिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो ।” उहाँले स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja