अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए



पोखरा

अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् ।

अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो ।

ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो । अफगान राष्ट्रिय सेनाको विशेष कमाण्डले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएको हो ।कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानका ३४ ओटै प्रान्तका प्रान्तीय राजधानीहरुमा अफगानिस्तानको विशेष सैन्य समूह रहेको छ । तर पनि अफगानिस्तानका कैयौँ ग्रामीण क्षेत्रहरु भने तालिबानले कब्जा गरेका छन् ।

यो पछिल्लो कारबाहीका बारेमा तालिबानहरुका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja