अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु



पोखरा

संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ ।

शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी २० जना मारिएको १३ घण्टा नबित्दै ओहाओको डेटनमा एक रात्रिकालिन मदिरालयबाहिर आइतबार नेपाली समय अनुसार १०ः४५ बजे एक बन्दूकधारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । दुबै घटनाको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

आक्रमणकारीको प्रहरीले गरेको सुरक्षा प्रतिरक्षाका क्रममा मृत्यु भएको छ । पछिल्लो घटनामा २६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डेटनका नगर प्रमुख नान ह्वेलीले जनाएअनुसार आक्रमणकारीले शरीरमा कवच (ढाल) लगाएको र उच्च क्षमताको अत्याधुनिक बन्दूक बोकेको तथा थप बन्दूकहरू पनि साथमा लिएको भेटिएको छ । डेटनमा गोली चलेको एक मिनेटभित्र नै आक्रमणकारीमाथि सुरक्षा कारबाही भएकोले थप क्षति हुन पाएन, नगरप्रमुखले बताउनुभयो ।

ह्वेलीले भन्नुभयो, “डेटनमा आक्रमणकारीले गोली चलाएको क्षणभरमा नै प्रहरीले देखाएको शीघ्र प्रतिक्रियाबाट मलाई अचम्म लाग्यो । यदि प्रहरीले समयमै सुरक्षा कारबाही नचलाएको भए आक्रमणकारीले सयौँको ज्यान लिने सम्भावना थियो ।” नगर प्रमुखका अनुसार आइतबार भएको सामुहिक आक्रमण अमेरिकी इतिहासमा २५० औँ हो ।

वास्तवमा तर बन्दूक हिंसा रेकर्डबारे कार्यरत एका गैरसरकारी संस्थाले उक्त आक्रमणलाई २५१ औँ सामुहिक आक्रमण हो । संस्थाले चार वा सोभन्दा बढी व्यक्तिको मृत्यु हुनेगरी भएको आक्रमणलाई सामुहिक आक्रमणका रूपमा उल्लेख गरेको छ । “घटनापछि दुवै घटनास्थलमा अमेरिकी गुप्तचर निकायसहित सुरक्षाकर्मी पुगेको छ भने प्रहरीले घटनालाई लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ,” प्रमुख लेफ्टिनन्ट कर्नेल माट कार्परले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja