पितृप्रसाद खाँदा १८ बिरामी



पोखरा

दूधौली नगरपालिका–६ हर्षाही माझखर्कमा पितृप्रसाद खाँदा १८ जना बिरामी परेका छन् ।

स्व देवनारायण दाहालको मासिक शनिबार गरिएको थियो । स्थानीय डम्बरकुमारी दाहालको घरमा शनिबार पितृप्रसाद खाएकामा आज बिहानैदेखि बिरामी पर्न थालेका दूधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो । स्थानीयवासीलाई बिहानदेखि टाउको दुख्ने र बान्ता तथा झाडापखाला लागेको उहाँको भनाइ छ ।

एकै गाउँमा १८ जना बिरामी परेपछि अहिले दूधौली स्वास्थ्यचौकी, सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले उपचार गरीरहेका उहाँले जानकारी दिनुभयो । बिरामी परेकाको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखीएको उहाँले बताउनुभयो । सबैको नगरपालिकाको सहयोगमा आवश्यक उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja