डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता



पोखरा

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ ।

आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो । आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja