ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु



पोखरा

कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी दासलाई तत्कालै सर्लाही अस्पताल मलङ्गवामा पु¥याइएको थियो ।

तर उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टरको नम्बर खुलेको छैन । ठक्कर दिने ट्र्याक्टरको खोजी भइरहेको उहाँले बताउनुभयो ।

मृतकको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja