नहर बगाउँदा विद्युत् अवरुद्ध



पोखरा

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभएको छ । उहाँले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताउनुभयो ।

एकसातादेखि अनियमित हुँदै आएको विद्युत् पुनः खोलाले नहर बगाउँदा सेवाग्राही अझै मारका परेका छन् । विद्युत् सेवा नहुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न इलेक्ट्रोनिक सञ्चारमाध्यमसमेत ठप्प भएका छन् ।

एकसाता अघि विद्युत्को जेनेरेटरमा आगलागी हुँदा अनियमित हुँदै गएको विद्युत् खोलाले नहर बगाउँदा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा यहाँ कार्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् ।

जलविद्युत् केन्द्रमा हाल १३ सय बढी ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja