पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने



पोखरा

साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ ।

बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

बिहीबार भएको सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ । राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलालाई पुरुषसरह अधिकार दिएको बताइएको छ ।

यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो । महिला अधिकारकर्मीहरूले अभिभावक प्रणालीको विरूद्ध दशकौंसम्म अभियान सञ्चालन गर्दै आएका थिए । आदेशपछि साउदी अरेबियामा महिलाले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ ।

साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकसँग सुरक्षित रहेको बताइएको छ ।

राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानको बीचमा यो निर्णय आएको छ । महिलालाई सवारी साधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उहाँले खुकुलो बनाउनु भएको थियो ।

सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उहाँले जारी गर्नु भएको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja