विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन



पोखरा

विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताउनुभयो । उहाँले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गर्नुभयो ।

निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा बगैँचा र भलाकुसारी गर्ने चौतरामा बनाइएको छ । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत उद्यानको निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो ।

विराटनगरको सरस्वती टोलमा समेत उद्यान निर्माणको काम भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja