वडा कार्यालयमा आगजनी



पोखरा

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja