नाइजेरिया द्वन्द्व : एक दशकमा २७ हजार नाइजेरियाली मारिए



पोखरा

विगत एक दशकको अवधिमा नाइजेरियामा बोको हरामले गरेका आक्रमणमा परी २७ हजार भन्दा बढी लडाकू मारिएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले तयार पारेको तथ्याङ्क अनुसार देशको उत्तरी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा सन् २००९ देखि अहिलेसम्ममा उनीहरूको मृत्यु भएको हो । अबुजामा बिहीबार सिन्ह्वालाई प्राप्त विवरणमा अरु एक लाख ३० हजार जना हालै विस्थापित भएको उल्लेख गरिएको छ ।

नाइजेरियाका लागि राष्ट्रसंघीय मानवतासम्वन्धी संयोजक इडवार्ड कालोनलाई उद्धृत गरिएको प्रतिवेदनमा विस्थापितहरु अस्थाई शिविरमा बस्न बाध्य भएको जनाइएको छ । “असुरक्षा बढ्दै गएपछि पछिल्ला केही महिनामै एक लाख ३० हजार जना थप विस्थापित भएका छन्, उनीहरुलाई विभिन्न शिविरहरुमा राखिएको छ,” प्रतिवेदनमा लेखिएको छ ।

विस्थापित भएकाहरुलाई पर्याप्त श्रोत, साधन र सहयोगको आवश्यकता रहेको पनि राष्ट्रसंघीय अधिकारीले जनाएका छन् । विद्रोही समूह बोको हरामका लडाकूहरु अफ्रिकीमुलुक नाइजेरियासहित छिमेकी मुलुकहरु चाद, नाइजर, उत्तरी कामरुनलगायतमा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja