ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता



तस्बिर : उपत्यकामा सञ्चालित कुलबहादुर श्रेष्ठको बा २ ज ४१५५ नम्बरको ट्याक्सीमा छोडिएकोे दुई लाख ५० हजार रुपैयाँ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बिहीबार महाशाखामा सम्बन्धित रकम धनी विवेक खड्कालाई हस्तान्तरण गर्दै ।

पोखरा

काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।

उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो ।

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफँै पैसा फिर्ता गर्न महाशाखा आउनुभएको थियो । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गर्नुभयो ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja