११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन



पोखरा

गृहमन्त्रालयले सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको छ ।

दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ र त्यहाँ मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।
कृष्णचन्द्र पौडेल कालिकोट, कृष्णप्रसाद पन्थ प्युठान, पुष्पराज पौडेल मनाङ र डोरेन्द्र निरौला ताप्लेजुङको सिडिओ बनेका छन् ।
उपसचिव अनुज भण्डारी मोरङ, वद्रीनाथ गैरे नुवाकोट, तुल्सीराम पौडेल गोरखा, रामेश्वर अर्याल तनहुँ र लक्ष्मीदेवी हुमागाईंलाई काभ्रेको सहायक सिडिओ बनाएर पठाइएको छ ।

यसैगरी लक्ष्मीप्रसाद बास्कोटा केन्द्रीय कारागार सुन्धारा र शम्भुप्रसाद रेग्मी राष्ट्रिय परीचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् । अध्यागमन विभागमा रुद्रनाथ देवकोटा र लिलाधर अधिकारीलाई पठाइएको छ । खुमकान्त आचार्य इलाका प्रशासन कार्यालय साँखु र चन्द्रबहादुर कार्की इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja