प्रचण्ड पत्नी सीता दाहालको इच्छामा पत्नी, छोरीहरु र नातिनातिनासहित युएई उड्दै प्रचण्ड



पोखरा

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछन्।

विहान ९ः३० बजे युएई प्रस्थान गर्न लागेका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको जानकारी आएको छ।
प्रचण्डको साथमा पत्नी सीता, छोरीहरु रेणु र गंगा सहित तीनजना बच्चा पनि हुनेछन्। लामो समयदेखि विरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण हुन लागेको पारिवारिक स्रोतले जनाएको छ।

युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्। उनको युएई भ्रमणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja