जेलभित्र ग्याङ्ग फाइट हुँदा ५२ कैदी मारिए



पोखरा

ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ ।

अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो ।
स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो ।
अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन गरिएको छ ।

रिपोर्टका अनुसार जेलको एउटा भागमा आगोसमेत लगाइएको थियो र धुँवाका कारण थुप्रैको निसास्सिएर मृत्यु भयो ।
कैदीले जेलका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । रिपोर्टका अनुसार अब उनीहरुलाई छुटाइएको छ ।
हिंसाको सुरुवात स्थानीय समय अनुसार बिहान सात बजेको हो र संघर्षमाथि दिउँसोमात्र नियन्त्रण पाउन सकियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja