जुवा खेल्ने १० जना पक्राउ



पोखरा

जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो।

गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहरीले गैँडाकोट घर भएका ३५ वर्षीय लक्ष्मीकान्त पौडेल, ५० वर्षीय चुडामणि पौडेल, ३८ वर्षीय लोकनाथ शर्मा, २६ वर्षीय शालिकराम पौडेल, ४३ वर्षीय देवेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्यलाई पक्राउ गरेको हो । प्रहरी जुवाको खालबाट रु ८० हजार ९३५ समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ। उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को १२५ अनुसार जुवासम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताए। पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा रु तीस हजार जरिवाना र दोस्रो पटक खेल्नेलाई एक वर्ष कैद वा रु पचास हजार जरिवाना हुन सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja