काँग्रेस र राजपाका सांसदहरुको नाराबाजीपछि संसद बैठक स्थगित



पोखरा

संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका  सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । 

संसद बैठक शुरु भएलगत्तै दुई पार्टीका सांसदहरुले ४० मिनेट नाराबाजी गरेका थिए । सांसदहरुको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।   विरोधका बीच सभामुख महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको हनन गर्न बन्द गर जस्ता नारा लगाएका थिए ।

यसबीच, सभामुख महाराले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन र संसद सुचारु गर्न र अवरोध हटाउनुपर्छ विशेष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja