राप्रपाले ‘गाउँ फर्क’ अभियान चलाउने



पोखरा

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।  पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सो कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ । आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेठमा महाधिवेशन गर्ने तयारी छ ।

बैठकमा अध्यक्ष थापाले पालिकाको चुनावलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रीय कार्य समितिले तय गरेको थियो ।

त्यही कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रीय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’सहितको अभियान देशभर सञ्चालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja