अमेरिकासँग युद्धका लागि भेनेजुयला तयार छः काबेलो
पोखरा
भेनेजुयलाको सोसलिस्ट पार्टीका नेता डिओस्डाडो काबेलोले अमेरिकाविरुद्ध युद्धका लागि भेनेजुयला तयार रहेको बताएका छन् । उनले अमेरिकी नौसेनाले भेनेजुयलामा घूसपैठ गरे फिर्ता जान नदिने चेतावनी दिँदै आफूहरु युद्धका लागि तयार रहेको बताएका हुन् ।
भेनेजुयलाको सशस्त्र सेनाले शनिबार देशको हवाई क्षेत्रमा अमेरिकी जासूसी विमानद्वारा यस महिनामात्रै तेस्रो पटक कानुन उल्लंघन गरेको बयान दिएपछि उनको यस्तो अभिव्यक्ति आएको हो । सैन्य बलद्वारा जारी नोटमा लेखिएको थियो, “एक पटक फेरि अमेरिकाको जासूसी विमान देशको उडान सूचना क्षेत्र (एफआईआर) मा प्रवेश गरिरहेका छन् । जुन सुरक्षा र अन्तरराष्ट्रिय सन्धिको उल्लंघन हो ।”