नेपाली सेनालाई मन्त्री क्वार्टरबाट हटाउन प्रस्ताव



पोखरा

गृह सचिव प्रेमकुमार राईले नेपाली सेनालाई मन्त्री क्वार्टरको गेटबाट हटाउनुपर्ने धारणा राखेका छन् । उनले  भन्सार नाकाहरुबाट सशस्त्र प्रहरीलाई हटाएर नेपाल प्रहरीलाई जिम्मा दिनुपर्ने पनि धारणा राखेका छन् । 

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आइतबार भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफाबार छलफलका क्रममा सचिव राईले यस्तो बताएका हुन् । 

व्यक्ति, नीजि संघसंस्था, आयोजना, औद्योगिक घराना र कुटनीतिक नियोगमा राज्यका सुरक्षाकर्मी खटाउँदा उनीहरुबाटै सुरक्षा कर लिनुपर्ने पनि राईले बताए । 

गृहसचिव राईले राज्यको दायित्व सबैको सुरक्षा गर्नु रहेपनि त्यसका लागि राज्यबाट सुरक्षाकर्मी खटाएपछि उनीहरुबाट सुरक्षा कर लिनेगरी कानुन बनाउनुपर्ने बताए । 

विधेयकको दफा ३ मा नेपाल प्रहरीको काम कर्तव्यको व्यवस्था रहेको छ । छलफलको क्रममा सचिव राईले सरकारले सुरक्षा प्रवन्ध मिलाइदिने तर नाफा निजी क्षेत्रले मात्र लिने गरेकाले त्यसलाई परिवर्तन गर्दै उनीहरुबाटै सुरक्षा कर लिन उपयुक्त हुने धारणा राखे ।

 छलफलमा भाग लिदै सांसद नवराज सिलवालले बेलायत र अमेरिकी दूतावासमा सय भन्दा बढी सुरक्षाकर्मी खटाउने गरिएको भन्दै उनीहरुलाई के कति कारणले खटाउने गरिएको हो भन्ने जानकारी गराउन माग गरे । 
सिलवालले अत्यावश्यक क्षेत्र पहिचान गरेर राज्यले सुरक्षा दिनुपर्ने भन्दै त्यसरी सुरक्षा प्रदान गर्दा राज्यले सुरक्षा कर लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja