भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु



पोखरा

फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन् ।

बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ । टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा आएको थियो ।

भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीहरुले बताएका छन् । खोजी तथा उद्धार कार्यलाई तिव्रता दिइएको छ । धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा अहिलेको भूकम्पमा परी अहिलेसम्म झण्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja