निर्मलालाई न्याय दिन नसकेको भन्दै नेविसंघद्वारा गृहमन्त्रीको राजिनामा माग



पोखरा

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बर्षदिन सम्म पनि घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको बिरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकारको विरोध गरेको छ । प्रदर्शनमा निर्मलालाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजिनामा समेत माग गरिएको छ ।

नेविसंघ छात्रा समुहको आयोजनामा प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडीको सडकमा बिरोध प्रर्दशन गरिएको हो । विद्यार्थी नेता पुनम लामाको संयोजकत्वमा भएको कार्यक्रममा निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै न्यायको प्रतिक तराजुको चिन्ह बनाई विद्याथीहरुले नाराबाजी र बिरोध प्रर्दशन गरेका थिए ।

ने वि संघ निवर्तमान केन्द्रीय सदस्य पुनम भट्ट भट्टराईले बर्षदिनसम्म पनि घटना रहस्यमै रहेको, घटनाको छानविनका लागि गठन भएका समितिको उपलब्धी पनि सुन्य भएकोमा आक्रोसित हुदै विद्यार्थी नेता भट्ट भट्टराईले गृहमन्त्री राम बहादुर थापाको राजिनामा समेत माग गर्नुभयो ।

ने वि संघ निवर्तमान केन्द्रीय सदस्य पुनम लामाले ओलि सरकारमा न्यायको हाहाकार भए पनि जब सम्म काङ्ग्रेस संसदमा र नेबिसंघ सडकमा छ, न्याय नहराउने बताउदै, निर्माला पन्तको न्यायको लागि अन्तिम सास सम्म लडिरहने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja