दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो



पोखरा

दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् ।

त्यसैगरी स्थानीय सामुदायिक वन समूहसँग समन्वय गरेर स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, नागरिकहरुको सहभागितामा वृक्षरोपण गरिएको पनि वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ६० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ जसमा तुलसीपुर क्षेत्रमा बीस बिघा, घोराहीमा ३० बिघामा वृक्षरोपण गरिएको हो । अन्य लमही क्षेत्रको जमिनमा रोपिएको छ । त्यसैगरी सडक, किनारा, मठमन्दिर लगायतका सार्वजनिक क्षेत्रमा पनि बिरुवा रोपिएको छ ।

वृक्षरोपण गरिएका खुल्ला ठाउँहरुमा बिरुवा जोगाउन चुनौतीसमेत रहेको छ । कार्यालयले ती ठाउँहरुमा तारबार गर्ने बिरुवालाई जाली लगाउने जनाएको छ । वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसका बिरुवा १० लाखभन्दा बढी उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गर्दै आएको छ ।

बिरुवा आवश्यक परे सम्बन्धित स्थानमा रहेका वन डिभिजन कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja