वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने



पोखरा

वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ ।

वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो ।

गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल सरकारले प्रारम्भिक चरणमा भोलिदेखि सञ्चालनमा ल्याइने जनाएको छ । चालू आवको बजेट तथा कार्यक्रमअनुसार ट्वीटर तीन हजार ७०० मोडेलका १० थान साइकल खरीद गरिएको कर्णाली सरकारका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीलाई ती साइकल वितरण गर्दैछौँ ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारका अनुसार प्रतिथान रु ४० हजारका दरले ती साइकल खरीद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja