विभिन्न मुद्दाका ७० फरार प्रतिवादीहरु पक्राउ



पोखरा

विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद भुक्तानका लागि कारागार चलान भएका प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

सार्वजनिक अपराधका मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, अंशबण्डा, जबर्जस्तीकरणी, सम्बन्ध विच्छेद, कुटपिट तथा लुटपिट, लागुऔषध, ठगी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja