दक्षिण सिरियामा इजरायलको आक्रमण



पोखरा

सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ ।

सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त पहाडी इलाकामा सिरियाली सैनिकका पोष्टहरु रहेका बताइएको छ । त्यसैले सो पहाडमा इजरायलले आक्रमण बढाइरहेको बताइएको छ ।

गएका वर्षहरुमा सिरियामा इरानी नागरिकलाई लक्ष्य गर्दै इजरायलले सयौँ हवाई आक्रमण गरेको छ । ती हवाई आक्रमणहरु इजरायलको सीमा क्षेत्रमा दक्षिण प्रवेशद्धार र गोलान हाइटमा लक्ष्य गरिएको छ ।

इजरायल र सिरियाबीच तनाब जारी रहेको र द्वन्द्व्रग्रस्त राष्ट्र सिरियामा इजरायलले बारम्बार क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ । इराजयलले लुकिछिपी आक्रमण गर्दै आएको र सिरियाली सरकारले इजरायलले सिरियाको विद्रोही समूहलाई इजरायलले समर्थन गर्दै आएको आरोप लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja