उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए



पोखरा

नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ ।

मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताउनुभयो । नाइजेरियाली सेनाले हवाई गस्ती र कारबाही पनि गरेको थियो ।

सैनिक प्रवक्ता ओन्येमाले शस्त्रधारीको अपहरणमा परेका ५० जनाभन्दा बढीलाई मुक्त गरिएको तथा शंकास्पद २५ जना सैनिक समूहका सदस्यहरुलाई पक्राउ गरिएको पनि जानकारी दिनुभयो । नाइजेरियाका उत्तरपश्चिमी राज्यहरु कदुना, जाम्फारा र अरु इलाकाहरुमा वर्षौंदेखि शसस्त्र समूहले स्थानीय व्यक्तिहरुको हत्या गर्ने र उनीहरुको सम्पत्ति लुटपाट गर्नेक्रम बढेपछि सेनाले वृहद् सैन्य कारबाही थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja