दैवीप्रकोप र राहतको रकम सरकारले कार्यकर्ता पोस्ने काममा लगाएको छ: नेता महर



पोखरा

नेपाली काग्रेसका युवा नेता एवम् नेविसघं पूर्व अध्यक्ष नैनसिहं महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी वर्तमान सरकार कार्यकर्ता पोस्ने काममा लागेको बताएका छन् ।

बिपी कोइराला पब्लीक पोलीसीको आयोजनामा काठमाडौंमा आयोजीत कार्यक्रममा महरले, सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौ नेपाली जनता बाढी पहिरोले मृत्यु हुनुका साथै हजारौं घरवार बिहिन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पिडितका लागि उपयोग नभएको वर्तमान कमन्युनिस्ट सरकार जनताको पक्षमा उदासीन रहेको नेता महरले बताए ।

‘दैवीप्रकोपको लागि छुट्टाइको सरकारी पैसा केपी ओली जी आफ्ना पार्टीका नेता कार्यक्रतालाई योजनाका नाममा बाड्दैछन्, यो अत्यन्तै अमानविय र निन्दनिय कार्य हो’, उनले भने, ‘सरकारको यस्तो जनघाती कदमविरुद्ध युवाहरूको शसक्त प्रतिकार आवश्यक छ।’ उनले सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी दिए।

कार्यक्रममा महरले बिपीले नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए।

जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि गरेको राजनीतिक नेतृत्व नेता महरले चर्चा गरेका थिए। प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए।

२०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।

२०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिए। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो। बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण भइरहेको छ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काङ्ग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ।

बिपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस अवसरमा सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार दिने कार्यक्रम छ। सङ्ग्रहालयले २०६९ देखि बिपीपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण शुरु गरेको हो। पहिलो पटक पञ्चायतकालमा मृत्युदण्ड दिइएका शहीदहरु धनुषाका दुर्गानन्द झाकी श्रीमती काशीदेवी, ओखलढुङ्गाका क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमती खड्गकुमारी र धनकुटाका भीमनारायण श्रेष्ठकी श्रीमती लक्ष्मीलाई प्रदान गरिएको थियो।

यसैगरी २०७० प्रजातन्त्र सेनानी अर्जुनकुमार ठाकुर, २०७१ सालमा रामहरि जोशी, २०७३ सालमा प्रदीप गिरीलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja