नेविसंघको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



पोखरा

३७ औं बिपि स्मृति दिवसको अवसरमा आयोजित ‘विद्यार्थीको नेतृत्व विद्यार्थीबाट’ प्रदेश नम्बर ४ केन्द्रित उपत्यका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम बालाजुमा सम्पन्न भएको छ ।

सुशील आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय कोषाध्यक्ष शिव रिमाल हुनुहुन्थ्यो ।
कार्यक्रममा ने.वि.संघका निवर्तमान कोषाध्यक्ष र ने.वि.संघ निवर्तमान केन्द्रिय सदस्य पुनम भट्ट भट्टराईले ने.वि.संघ र देशको परिस्थिति सुधार गर्न युवा विद्यार्थीले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो र ने.वि. संघ केन्द्रीय सदस्य सुशील तिम्सिना , प्रेमिका ,राना मगर , पुनम लामा लगायतले वि पि.को विचार आजको नेतृत्वले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य लिखितेन्द्र श्रेष्ठ, सुशील तिमिल्सिना ,एलिजा ढकाल ,पुनम लामा लगायत नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थी नेताहरुले नेपाल विद्यार्थी संघको अधिबेशन समयावधिभित्र हुनुपर्ने र विद्यार्थीको नेतृत्व विद्यार्थीले गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja