गण्डकी प्रदेश सरकार र वडा नं ४ को सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण सुरु



पोखरा

गण्डकी प्रदेश सरकारको ५० लाख र वडा नं ४ को २५ लाखको सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण सुरु भएको छ ।विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले करिब २६ करोडको लागतमा उक्त चिकित्सालय निर्माण गर्न लागेको हो ।

चिकित्सालयको शिलान्यास गर्नुभएका पोखरा महानगरपालिकाका मेयर जिसीले पोखरामा पहिलो पटक निर्माण हुन लागेको प्राकृतिक चिकित्सालयको महत्व विशेष रहेको र उक्त चिकित्सालय मेडिटेशन गर्ने विदेशी पर्यटकका लागि विशेष चासोको विषय भएको बताउनुभयो । उहाँले उक्त चिकित्सालय पोखरेलीले तिरेकै करबाट निर्माण हुन लागेकाले सबै पोखरेलीहरुलाई यसमा साथ दिनको लागी आह्वान गर्दै यसमा महानगरपालिकाको पनि सधैँ साथ रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja