जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ



पोखरा

जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागार्इंलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागार्इंलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौँडा–२ बाट नियन्त्रणमा लिएको हो ।

उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja