बाढीपीडित पशुपक्षीको उद्धार



पोखरा

बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।

केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो । पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित पशुपक्षीका साथै जनावरलाई बाढीपछि पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ ।

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीको लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार गरिएको जानकारी दिनुुभयो ।

नेपाल भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले वर्षापछि प्रभावित क्षेत्रका ती जिल्लामा आपत्कालीन सहायताका लागि भेटेरीनरी औषधि, ¥याफ्टिङ डुुङ्गा (बोट) सहित आवश्यक सामग्री लिएर फिल्डमा उद्धारकार्यका लागि जुटेको बताउनुुभयो । हाल दुवै संस्थाको गरी १४ जनाको टोली निरन्तररूपमा तराईका जिल्लामा सहायताको लागि खटिएको कुरा स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले बताउनुभयो ।

आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रमा समेत पशुपक्षीको उद्धार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja