भारी वर्षाको सम्भावना कम



पोखरा

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ ।

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ ।

अबका केही दिन निरन्तर र अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताउनुभयो । बिहीबार देशैभरी आंशिक बदली रही देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भारी वर्षाका कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यसका साथै, हवाई तथा सडक यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja